काठमाण्डौको गोलढुंगामा गोली चल्यो : गुण्डागर्दीमा संलग्न साजन गुरुङ पक्राउ

 भदौ २७, २०७६ शुक्रबार १८:१०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –प्रहरीले गोली हानेर काठमाण्डौको गोलढुंगाबाट साजन गुरुङलाई पक्राउ गरेको छ ।

गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीको सर्वाधिक खोजीमा रहेका थिए ।  गुरुङलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले गुरुङलाई पक्राउ गर्ने क्रममा  दुई राउण्ड गोली प्रहार गरेको थियो । निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनको हत्यामा संलग्न गुण्डा नाइके समिरमानसिंह बस्नेतसँग गुरुङको सम्बन्ध रहेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

घाइते गुरुङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ । धादिङ घर भएका गुरुङ लामो समयदेखि गुण्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीको जिकिर छ । उनको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया