सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती मनाइँदै
पुस ८, २०८१ सोमबार
बाजुरा – जिल्ला प्रहरी कार्यालय बाजुराले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह बाजुराका सह–सेक्रेटरी दानबहादुर खड्का (किशोर) लाई पक्राउ गरेको छ ।
५० वर्षीय खड्कालाई शुक्रबार दिउँसो बुढीगंगा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) जनकराज ढुंगानाले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक ढुंगानाका अनुसार विप्लव समूहका जिल्ला सह–सेक्रेटरी खड्काले गाउँमा संगठन विस्तार र संगठनका गतिविधिबारे प्रचारप्रसार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।