शाकिरीलाई लिभरपुलले भित्र्यायो

 असार ३०, २०७५ शनिबार ६:१७:२० | एजेन्सी
unn.prixa.net

इग्लिस क्लब लिभरपुलले स्विस खेलाडी जेर्दान शाकिरीलाई १३ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । यो सिजनको खेलाडी ट्रान्सफर अन्तर्गत लिभरपुलले शाकिरीलाई स्टोक सिटीबाट ५ वर्षका लागि अनुबन्ध गरेको हो ।

२६ वर्षीय शाकिरीले गएको सिजन स्टोक सिटीका लागि सर्वाधिक गोल गरेका थिए । तर पनि टिम रेलिगेसनमा परेको थियो । सन् २०१५ मा १२ मिलियन पाउण्डमा इन्टर मिलानबाट स्टोक सिटी आएका शाकिरीको टिम स्विट्जरल्याण्ड विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको थियो । टिमलाई नकआउट चरणमा पुर्याउन शाकिरीले सर्बियाविरुद्ध गोल पनि गरेका थिए । प्रिक्वार्टरफाइनलमा स्विस टिम स्विडेनसँग पराजित भएको थियो ।

गएको जुनमा शाकिरीले स्टोक सिटी छोड्न चाहेको बताएका थिए । यो सिजन लिभरपुलले एकपछि अर्को खेलाडी अनुबन्धको काम जारी राखेको छ । ३९ मिलियन पाउण्डमा मोनाकोबाट फाविन्होलाई भित्र्याएको छ भने बेनी केइटालाई पनि क्लवमा भित्र्याएको छ ।

शाकिरीले लिभरपुलबाट २३ नम्बरको जर्सी लगाउनेछन ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया