च्याम्पियन्स लिग : बुधबार रियल मड्रिड र पीएसजी प्रतिस्पर्धा गर्दै

 असोज १, २०७६ बुधबार १३:४०:५६ | एजेन्सी
unn.prixa.net

च्याम्पियन लिगमा बुधबार हुने खेलमा सिजनको राम्रो सुरुवात गर्ने सोचका साथ रियल मड्रिड पीएसजीविरुद्ध मैदानमा उत्रँदै छ । जहाँ रियल मड्रिडका पूर्व गोलकिपर नाभास आफ्नो पूर्व क्लबको विरुद्धमा मैदान उत्रने भएका छन् ।

रियल मड्रिडमा दोस्रो रोजाइमा रहन असन्तुष्टि जनाउँदै ट्रान्सफर विन्डो बन्द हुनुअघि नाभास पीएसजीमा अनुबन्धित भएका थिए । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गोलकिपर कोर्टवालाई पहिलो र नाभासलाई दोस्रो रोजाइको गोलकिपरको रुपमा लिएका थिए । तर नाभासले असन्तुष्टि जनाएपछि जिदानले निकट भविष्यमा दुई गोलकिपरको सम्बन्ध राम्रो नहुने भन्दै नाभासलाई बेच्ने कुरामा सहमति जनाएका थिए ।

जिदानको पहिलो रोजाइको गोलकिपर कोर्टवाले मड्रिडको यस सिजनको खेलहरु खेलिरहेका छन् भने नाभासले पीएसजीको लागि नयाँ सिजनको दोस्रो खेल खेल्दैछन् ।

कोर्टवाले लेभान्टेविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए जहाँ रियलले लेभान्टेविरुद्ध जित निकालेको थियो । त्यस्तै नाभासले स्ट्रस्बर्गविरुद्धको आफ्नो पहिलो खेलमा राम्रो प्रर्दशन गरेका थिए ।

पहिले एकै क्लबका दुई गोलकिपर नाभास र कोर्टवा बुधबार हुने खेलमा विपक्षीको रुपमा भिन्न–भिन्नै गोल पोस्टमा देखिने भएका छन् । खेल बुधबार राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया