प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
दाङ - दाङको गहतेखोलामा बुधबार बेलुकी जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-३, गहतेखोलामा यात्रुवाहक जीप दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।
तुलसीपुरबाट रगैँचा जाँदै गरेको बा ३ ख १६०२ नम्बरको जीप अनियन्त्रित भएर पल्टिँदा दुई जना पैदल यात्रु २ जना र जीपमा सवार आठ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।