रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान शुरू...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - ५ हजार रुपैँया घुस लिँदै गर्दा काठमाण्डौको थलीबाट एक प्रहरी पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग थली, काठमाण्डौमा कार्यरत प्रहरी नायब निरीक्षक बिपिन चन्द्र पन्तले सवारी दुर्घटनापछि सहमति गराउने क्रममा ५ हजार रुपैँया घुस लिइहेको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनी थलीकै साथीभाइ रेष्टुरेन्टबाट पक्राउ परेका हुन् ।
यस्तै नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्वेक्षक सिद्धराज जोशी ८ हजार रुपैँया घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग नजिकैको एक होटलबाट ८ हजार रुपैँया घुस लिँदालिँदै जोशी पक्राउ परेको अख्तियारले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।