काठमाडौंको शोभाभगवतीमा देवीको मूर्ति स्थापना

 असार ३०, २०७५ शनिबार १४:१९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शोभाभगवतीमा बुद्ध, शिव, पार्वती, गणेश, कुमार, गंगा, मामकी देवीको मूर्ति स्थापना गरिएको छ ।

शनिबार एक कार्यक्रममा बीच शोभाभगवतीमा स्थापना गरिएको बुद्ध, शिव, पार्वती, गणेश, कुमार, गंगा, मामकी देवीको मूर्ति उद्घाटन गरिएको हो । काठमाडौं महानगरपालिकाको सम्पदा विभाग र हुनमानढोका संरक्षण समितिको आर्थिक सहयोगमा यी मूर्तिहरु स्थापना गरिएको विजयश्वरी बाह्र वर्षे महास्थान कुण्ड व्यवस्थापन तथा निर्मल तीर्थ संरक्षण समितिका सचिव माणिरत्न शाक्यले जानकारी दिनुभयो । मूर्ति स्थापना गरिएको त्यस स्थान काठमाडौं उपत्यकाको १२ वटा निर्मल तीर्थमध्ये एक हो । स्थानीयबासीले समेत मूर्ति स्थापनाका लागि आर्थिक सहयोग गरेका थिए । 

कार्यक्रममा बोल्दै कांग्रेस नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले काठमाडौंका नदी, नालालाई स्वच्छ र सफा राख्न यस्ता अभियानबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले काठमाडौंलाई प्रदुषणमुक्त बनाउन पनि सबैले सहयोग गनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी, काठमाडौं क्षेत्र नम्बर ७ का सांसद जीवनराम श्रेष्ठ, काठमाडौं उपमहानगरपालिकाकी उपप्रमुख हरिप्रभा खडगीलगायतको उपस्थिति रहेको थियो । मूर्ति स्थापना गरिएको विजयश्वरी महास्नान कुण्डमा १२ वर्षे मेला लाग्ने गर्दछ । मेलाबाट भक्तजनहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । कार्यक्रममा मूर्ति स्थापनाका लागि सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया