शनिबार रातिदेखि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

 असोज ४, २०७६ शनिबार ८:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार रातिदेखि फेरि धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले शनिबार रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

मौसमविद् श्रेष्ठका अनुसार पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा पानी पार्ने बादलसहितको हावा आउँछ । त्यही हावाले नेपालमा पानी पर्छ । तर गएको बुधबार र बिहीबारको जस्तो लगातार वर्षा भने नहुने उहाँको अनुमान छ ।

अहिले बिहान भने देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली छ । अहिले कतै घाम लागेको र कतै बदली भएको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । शनिबार देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बदली हुने सम्भावना छ भने केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया