पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : स...
चैत ३, २०८१ आइतबार
काठमाडाैं - मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको धर्नाका क्रममा प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित ३१ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।
समाजले सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध धर्नाकाे कार्यक्रम राखेकाे थियाे ।
शनिबार दिउँसो १ बजे आयोजित धर्नामा प्रहरीले गिरफ्तार गरिएका पहाडी सहित ३१ जनालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको छ ।
धर्नामा सहभागीहरुले ‘सत्याग्रही भोकै छन्: नेपाली जनता रोएका छन्’, ‘ओली सरकारको उपहार:स्वन्त्रतामाथि प्रहार’, ‘स्वतन्त्रता विरोधी निर्णय खारेज गर’, ‘स्वेच्छाचारी गतिविधि बन्द गर’, ‘शिक्षामा माफिया चलखेल अन्त्य गर’, ‘स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर’, ‘सत्याग्रहीको जीवन रक्षा गर’, ‘अपराधीलाई संरक्षण बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।