उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको ...
मंसिर १०, २०८१ सोमबार
बझाङ - बझाङ जिल्लाको केदारस्युँ गाँउपालिका-७ को वडा कार्यलयमा शनिबार राति आगलागी हुँदा कागजातलगायत धेरै सामाग्रीहरु जलेर नष्ट भएका छन् ।
वडा कार्यालयमा भएका रजिष्टर, सोफासेट, कम्प्युटर, सोलार सेट, फोटोकपी मेशिनलगायत दराजमा भएका सबै कागजातहरु जलेर नष्ट भएको वडा नम्बर ७ का वडाध्यक्ष प्रेम बोहराले बताउनु भयो ।
शनिबार मध्य रातमा नचिनेका मानिसहरुकाे समूहले वडा कार्यालय तोडफोड गरी कार्यालयको आगजनी गरेकाे धामीले बताउनु भयो । आफू शनिबार नवज्याेति प्राविको वार्षिक उत्सव कार्यक्रममा सहभागी भएको बताउँदै वडाध्यक्ष धामीले कसले र किन जलायो भन्ने कुरा थाहा नभएकाे बताउनुभयाे ।
स्थानीय बासिन्दाका अनुसार गाँउकै एक व्यक्तिले वडा कार्यालयमा आगजनी गराएकाे बताएका छन् । गाउँकै नरेन्द्र धामी भन्ने व्यक्तिले आफू विप्लव समूहमा आबद्ध भएको भन्दै वडा कार्यालय तोडफोडका सातै आगजनी गरेकाे स्थानीयकाे आराेप छ । उनीहरुका अनुसार आराेपित धामीले वडा कार्यालयकाे कम्प्युटर लिएर गएको र अहिले फरार रहेका छन् ।
स्थानीयका अनुसार आगजनीबाट वडा कार्यालयमा झण्डै १५/२० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
नेत्र विक्रम चन्द (नेकपा) विप्लव समूहका जिल्ला इन्चार्ज विराटले भने वडा कार्यालयमा आगजनी गरिएकाे घटनामा आफ्नो पार्टीको संग्लग्नता नभएको बताएका छन् । अहिले आफूहरुको यसरी आगजनी गर्ने कुनै कार्यक्रमहरु नभएको बताउँदै उनले ती व्यक्ति पहिला आफ्नो पार्टीमा आबद्ध रहेका भए पनि पछिल्लो समयमा उनी निष्कृय रहेको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले घटना स्थलतर्फ प्रहरी टोली गएको तर आधिकारिक जानकारी भने आइनसकेकाे बताउनुभयाे ।
वडा कार्यालय गाँउमै भएको महादेव आधारभूत विद्यालयको एउटा भवनमा कोठा भाडामा लिएर सञ्चालन हुँदै आएकाे थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।