विराट काेहलीलाई आईसीसीकाे चेतावनी

 असोज ६, २०७६ सोमबार १९:५७:५९ | एजेन्सी
unn.prixa.net

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले चेतावनी दिएको छ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा बिउरान हेन्डरिक्ससँग जानीजानी ठोकिएको भन्दी आईसीसीले उनलाई तेस्रो 'डिमेरिट' दिएको छ ।

तेस्रो टी–२० खेलका दौरान रन लिने क्रममा कोहली हेन्डरिक्ससँग ठोकिन पुगेका थिए । पछि रिप्लेमा हेर्दा उनी जानीजानी ठोक्किएको देखिएको थियो । जसका कारण उनलाई चेतावनी पनि दिइएको छ भने उनको पोइन्ट घटाइएको छ । यसले उनी प्रतिबन्धमा पर्न झन नजिक पुगेका छन् ।

३० वर्षीय कोहलीले यदि यो घटना जनवरी २०२० सम्ममा फेरि दोहोर्‍याएमा उनी प्रतिबन्धमा पर्नेछन् । दुई वर्षको अन्तरालमा कुनै पनि खेलाडीले चार पटकसम्म चेतावनी पाएमा प्रतिबन्धमा पारिने नियम रहेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया