पाकिस्तान प्रशासित कश्मीरमा भूकम्पको ठूलो धक्का, ५० जनाभन्दा बढी घाइते

 असोज ७, २०७६ मंगलबार १८:२५:३१ | एजेन्सी
unn.prixa.net

पाकिस्तान प्रशासित कश्मीरको मिरपुर केन्द्रविन्दु भएर गएको भूकम्पमा परि अन्य ५० जनाभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मिरपुर केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ३२ मिनेटमा ५.८ म्याग्निच्यूडको भूकम्प गएको र भूकम्पका कारण सडक तथा भवनहरुमा नराम्रोसँग क्षति भएको छ । भूकम्पका कारण मिरपुर क्षेत्रको पक्की सडकहरु चिरा परेका छन् । सडकमा चलिरहेका गाडीहरु पल्टिएका छन्  ।

१० किलोमिटर तल केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का केन्द्रविन्दुबाट १ सय ४० किलोमिटर परसम्म महसुस गरिएको थियो । त्यस्तै भूकम्पको धक्का इस्लामाबाद, लाहोरलगायतका शहरमा समेत महसुस भएको थियो ।

भूकम्पको धक्का भारत प्रशासित कश्मीर, हिमाञ्चल, चण्डीगढ र दिल्लीमा समेत महसुस भएको थियो । क्षतिकाे थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया