खैरो हेरोइनसहित दाङबाट सात जना पक्राउ

 असोज ८, २०७६ बुधबार २०:३:४५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - लागुऔषध खैराे हेराेइनसहित प्रहरीले बुधबार दाङमा ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराहीका सुरेश घर्तिमगर, संगीत बस्नेत, नरेन्द्र शेरपाइली, बलदेव वली, सरोज पुरी, गौरव न्यौपाने र शंकर चौधरी रहेका छन् ।

उनीहरुको साथबाट ४ ग्राम ९० मिलिग्राम खैरो हेरोइन र बिक्रीबाट आएकाे ६१ हजार ८ सय १५ रुपैयाँ नगद बरामद गरेको छ । साथै प्रहरीले उनीहरुबाट एक थान मोटरसाइल र १३ ओटा मोबाइलसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया