तीन दिनसम्म देशभरका धेरै ठाउँमा पानी पर्ने सम्भावना

 असोज ९, २०७६ बिहिबार ८:३४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अबको तीन दिन देशभर मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । बाहिरबाट आएको जलवाष्पयुक्त हावा र नेपालमै बनेको स्थानीय वायुको प्रभावले अझै तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने देखिएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । 

मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) औसत स्थानमै रहेको र नेपालको मध्य तथा पूर्वी भूभागमा जलवाष्पयुक्त वायुको प्रभाव देखिएकाले मनसुनी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसमविद् अर्यालका अनुसार तीन दिनसम्म देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । कुनै कुनै भूभागमा भारी वर्षाको सम्भावना पनि रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तर लगातार झरीको संभावना भने छैन ।’

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

असोज ०९ गते बिहीबार

दिउँसो : देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी सामान्य बदली रहनेछ ।  देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज १० गते शुक्रबार

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी सामान्य बदली रहनेछ । पूर्व, मध्य तथा पश्चिमका केही ठाउँमा हल्कोखि मध्यम वर्षा हुनेछ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज ११ गते शनिबार

दिउँसो : देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया