उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको ...
मंसिर १०, २०८१ सोमबार
बझाङ – भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले बलात्कार गर्दै आएको खुल्न आएको जिल्ला प्रहरी बझाङले जनाएको छ ।
पालन पोषण गर्ने र पढाइ दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) ईश्वरीदत्त पाण्डेयले बताउनुभयो । उनीमाथि बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
कक्षा ९ मा अध्यनरत बालिकामाथि बलात्कार गर्ने मामा ६३ वर्षका रहेको प्रहरीले जनाएको छ । उनले भान्जीको मोबाइलमा अश्लिल तस्बिरसमेत खिचेको भेटिएको छ ।
बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अश्लिल तस्बिर देखेपछि घटना बाहिरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।