दाङमा बस र ट्रक ठोक्किँदा ७ जना घाइते

 असोज १२, २०७६ आइतबार १८:६:५५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको देउखुरीमा आइतबार भएको  दुर्घटनामा ७ जना घाइते भएका छन् ।

लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-४, मौरीघाटमा लु २ प ३२७७ नम्बरको बसलाई ना २ ख ५४५६ नम्बरको ट्रकले ठक्कर दिँदा ७ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते हुनेहरुमा बस चालक घोराही उपमहानगरपालिका-१०, नारायणपुरका ३२ वर्षीय शिव महरा, तुलसीपुर १८ विजौरी बस्ने ३० वर्षीय बसन्त खड्का, रोल्पा त्रिवेणी गाउँपालिका-१, बेलबारका १८ वर्षीय सुरेन्द्र बुढा रहेका छन् ।

त्यसैगरी अन्य घाइतेमा प्युठान ऐरावती गाउँपालिका-३, दारिमपाटाका ३१ वर्षीय काशीनाथ पोख्रेल, प्युठान माण्डवी गाउँपालिका-३, मच्छी बस्ने १७ वर्षी य महेश्वर भटराई, २१ वर्षीया सुशीला अर्याल र कपिलवस्तु शिवपुर गाउँपालिका-७ का ७२ वर्षीय अब्दुल मुसलमान छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको र भालुवाङमा रहेकाे राप्ती पोलिक्लिनिकमा उपचार भैरहेको र ट्रक चालकलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया