कपिलवस्तुमा ४० हजार रुपैयाँ घुससहित विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ

 असोज १४, २०७६ मंगलबार १४:०:४६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - कपिलवस्तुमा रहेकाे एउटा विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेकाे छ ।

मंगलाबार शिवराज नगरपालिका-६, विशुनपुरमा रहेकाे श्री बाल ज्योति मा.वि.का प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र कार्यालय सहयोगी राम कुमार लोनियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले रंगेहात पक्राउ गरेको हो ।

विज्ञान शिक्षक भर्ना गर्ने उद्देश्यले रकम मागिएकाे र रकम लेनदेन गर्दै गर्दा उनीहरुलाई चन्द्रौटामा रहेकाे न्यू सिद्धार्थ होटलबाट पक्राउ गरेको हो । उनीहरुमथि थप अनुसान्धन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया