इन्धनको बदलामा देशको स्वाभिमान साटिन्न : क्युबाली विदेश मन्त्री

 असोज १६, २०७६ बिहिबार १७:४३:४८ | रासस
unn.prixa.net

अमेरिकी प्रतिबन्धका कारण इन्धनको अभाव झेल्नु परेको क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले इन्धनको बदलामा मुलुकको स्वाभिमानको सौदाबाजी गर्न नसक्ने बताउनुभएको छ ।

ट्वीटरमार्फत एक टिप्पणी सार्वजनिक गर्दै विदेश मन्त्री रोड्रिगेजले क्युबामाथि आर्थिक, व्यापारिक र वित्तीय प्रतिबन्ध लगाउने अमेरिकी प्रशासनको रबैयाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्नुभयो ।

उहाँले क्युबामाथिका प्रतिबन्धहरु मानव अधिकारको गम्भीर उल्लंघन भएकाे बताउनु भएकाे छ ।

रोड्रिगेजका अनुसार, अमेरिकामा राष्ट्रपतीय चुनाव हुने वर्षमा क्युबामाथि अनावश्यक दबाब दिइने गरिएको छ । सन् १९५९ को क्युबा विद्रोहपश्चात भागेर अमेरिकाको मियामी पुगेका ठूलो संख्याका क्युबालीको दबाबमा भोटको आश गर्दै क्युबामाथि दबाब दिने गरेको क्युबाली सरकारको भनाइ छ ।

तर, विदेश मन्त्री रोड्रिगेजले अमेरिकीहरुको सोचाइ पुरातनशैलीको छ भन्दै अमेरिकामै रहे बसेका ठूलो संख्याका क्युबालीले दुवै देशबीच सम्बन्ध सुधार भएको हेर्न चाहिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया