पेरिसको प्रहरी मुख्यालयमा आक्रमण हुँदा चार प्रहरीको ज्यान गयो

 असोज १६, २०७६ बिहिबार २०:१५:१४ | रासस
unn.prixa.net

फ्रान्सको राजधानी पेरिसको मध्य क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ । मृत्यु हुने सबैजना प्रहरी अधिकारी रहेका एक उच्च प्रहरी स्रोतले जनाएको छ ।

प्राप्त जानकारीअनुसार आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलाएको गोली लागि उनको घटनास्थलमा नै  मृत्यु भएको छ । 

आक्रमणपछि पेरिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ । स्थानीय समयअनुसार दिउँसो करिब १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो ।

यस्तै घटनालाई पेरिसका नगरप्रमुखले ट्विटरमार्फत पुष्टि गरेका छन् । फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री पनि घटनास्थलमा पुगेकाे प्रहरीले बताएको छ । 

पछिल्ला वर्षहरूमा फ्रान्समा कार्यस्थलमा सिर्जना हुने घातक आक्रमणका घटना बढेका अनुसन्धानकर्ताहरूले बताएका छन् । बिहीबारको आक्रमणमा प्रहरी मुख्यालयमा प्रशासनिक एकाइमा काम गर्ने एक कर्मचारीले चक्कू प्रहार गरेका प्रारम्भिक सूचनामा स्थानीय प्रशासनले जनाएको छ । 

यसबारे अनुसन्धान भइरहेको थप विवरण पछि आउने प्रशासनले बताएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया