दशैँकाे टिकाकाे दिनसम्म नै काठमाण्डाै उपत्यकासहित पूर्वी तथा पश्चिमी भू-भागमा वर्षाकाे सम्भावना

 असोज १९, २०७६ आइतबार ८:७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशको मध्य तथा पूर्वी भू-भागमा र पश्चिमी भू-भागमा आंशिक बदली रही मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको मौसममा अहिले आंशिक बदली छ । मध्य र पूर्वका केही ठाउँमा हल्का पानीसमेत परिरहेको छ । 

दिउँसो पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय प्रणाली बिहार हुँदै पूर्वी नेपालबाट भित्रिएकाले पानी पर्ने सम्भावना बढेको हो । 

महाशाखाले टीकाको दिनसम्म नै हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । तीन दिनसम्मको मौसमी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आइतबार, सोमबार र मंगलबार टिकाको दिन पनि हल्का पानी पर्ने जनाएको हो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया