महोत्तरीमा कौडा खेलाउने दुई जना पक्राउ

 असोज २१, २०७६ मंगलबार १४:३३:३६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - कौडा खेलाएकाे आराेपमा महोत्तरीबाट साेमबार दुई जना पक्राउ परेका छन् ।

महोत्तरीको लोहरपट्टी नगरपालिका-५ बस्ने ५८ वर्षीय बिल्टु शर्मा र औरही नगरपालिका-१ बस्ने ३० वर्षीय प्रमोद मण्डललाई पक्राउ गरेको प्रदेश-२ प्रहरी कार्यालयले जनाएको छ । 

सोमबार राति कौडा खेलाउँदै गरेकाे अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट खटिएको ब्युरो टोलीले दुवैजनालाई नेपाली रुपैयाँ ६७ हजार भारतीय रुपैयाँ ४ हजार ८ सय ५० सहित पक्राउ गरेको हो । काैडा खेलाइएकाे ठाउँबाट ३० हजार रुपैयाँको काटिएको चेक समेत बरामद भएको छ  । 

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लोहरपट्टीमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया