नेकपाका अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै भेट

 असोज २६, २०७६ आइतबार ११:३३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डसहित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यहरुसँगको संयुक्त भेटपछि प्रचण्ड र सीबीच एक्लाएक्लै भेट भएको हो । भेटमा आपसी हित र सम्बन्धको बारेमा कुरा भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रचण्डसँगकाे भेटसँगै अहिले चिनीया राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे प्रतिनिधमण्डलबीच उच्चस्तरीय वार्ता चलिरहेकाे छ । उच्चस्चरीय वार्तापछि दुई देशबीच आपसी सम्झाैता हुने छ । 

दुईदिने राजकीय भ्रमणको लागि हिजो नेपाल आएका चिनीया राष्ट्रपति सी आइतबार चीन फर्कनुहुनेछ ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया