भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भएकाे चीनका राष्ट्रपति सी जिनपिङको दुई दिवसीय राजकीय भ्रमण चौध बुँदे संयुक्त वक्तव्य जारी गर्दै सम्पन्न भएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।
त्यसैगरी चिनियाँ विशिष्ट पाहुनाको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोज आयोजना गर्नुभएको थियो । न्यानो एवं हार्दिकतापूर्ण वातावरणमा दुई देशका नेतृत्वबीच द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तराष्ट्रिय साझा चासोका विषयमा गहन रुपमा विचार आदानप्रदान भएको थियो ।
चाैध बुँदै संयुक्त वक्तव्यकाे पहिलाे बुँदामा क्षेत्रीय शान्ति, स्थायित्व कायम गर्न तथा सबै क्षेत्रमा आपसी हितका सुदृढ पार्न बेल्ट एण्ड राेड इनिसियटिभ्स (बीआरआई)लाई दुवै देशले महत्वपूर्ण अवसरका रुपमा लिएकाे उल्लेख छ । साथै दुवै राष्ट्रबीचकाे सम्बन्ध पञ्चशीलका सिद्धान्तका आधारमा नयाँ चरणमा प्रवेश गरेकाे लेखिएकाे छ ।
त्यस्तै नेपाल र चीन एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय एकताप्रति प्रतिबद्ध रहेको जनाइएको छ । दुवै देशले असल छिमेक नीति अपनाउँदै ‘विन–विन’ ढंगले सहकार्य गर्ने पनि वक्तव्यमा जनाइएको छ । साथै वक्तव्यमा नेपाल ‘एक चीन नीति’ मा प्रतिबद्ध रहेको जनाएको छ । साथै ताइवान चीनको अक्षुण्ण भूभाग रहेकोमा जोड दिँदै तिब्बत चीनको आन्तरिक मामिला भएको पनि जनाइएको छ ।
वक्तव्यको तेस्रो बुँदामा चीनले नेपालले प्राप्त गरेको ऐतिहासिक राजनीतिक रुपान्तरणका लागि बधाई दिएको उल्लेख छ । नेपालले पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा बधाई दिएको छ । साथै ७० वर्षमा चीनले गरेको चामत्कारिक विकासको पनि नेपालले प्रशंसा गरेको छ । वक्तव्यमा यस्ताखाले उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने कुरा पनि उल्लेख छ ।
दुवै पक्षले झाङ्मु/खासा बन्दरगाहको पुनर्निमाणपछि पुनः सञ्चालन भएकोमा खुशी व्यक्त गरेका छन् । साथै सगरमाथाको संरक्षणमा दुई देशले सहकार्य गर्दै दुवै देशले वैज्ञानिक अनुसन्धानका आधारमा संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने कुरा पनि संयुक्त वक्तव्यमा उल्लेख रहेको छ ।
यस्ताे छ संयुक्त वक्तव्यकाे पूर्ण पाठ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।