आज कोशी, बाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी...
बैशाख ७, २०८१ शुक्रबार
सिरहा – धनुषा र सिरहा छुट्याउने कमला नदीको किनारमा सकेट बम भेटिएको छ । सिरहा करजन्हा नगरपालिका–३ कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा सोमबार बिहान बम भेटिएको हो ।
कमला नदीमा बालुवा चाल्ने मजदुरले बालुवा चाल्ने क्रममा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खिया लागेको र पुरानो जस्तो भएकोले बम नदीमा बगेर आएको हुन सक्ने इलाका प्रहरी कर्यालय मिर्चैयाका प्रमुख डीएसपी सुखदेव खनालले जानकारी दिनुभयो । उहाँले बम कुनै समूह वा व्यक्तिले नराखी बाढीमा बगेर आएको हुनसक्ने बताउनुभयो ।
खोलामा भेटिएको बम डिस्पोजको लागि सिरहाको चोहर्वामा रहेको नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको डीएसपी खनालले जानकारी दिनुभयो ।