पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्...
फागुन १५, २०८१ बिहिबार
रौतहट – इशनाथ नगरपालिकामा आइतबार साँझ एक युवकको गोली हानी हत्या भएको छ । मृतकको सनाखत हुन सकेको छैन । इशनाथ नगरपालिका–६ मा भारतीय सीमाभन्दा एक किलोमिटर भित्र नेपालतिर युवकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा राखेर ल्याइएका ती युवकमाथि गोली प्रहार गरी अन्य २ जना पुनः भारततर्फ फर्किएको स्थानीयले बताएका छन् । भारतबाट आएकाहरुले उतैको नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ ।
घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।