अरिङ्गालले टाेक्दा दाङमा एक जनाकाे ज्यान गयाे

 असोज २७, २०७६ सोमबार १३:२४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

दाङ – दाङको देउखुरीना अरिङ्गालले टोक्दा एक जनाको ज्यान गएको छ ।

राप्ती गाउँपालिका ९ जाबुने बस्ने ४० वर्षीय घनश्याम बरालको अरिङ्गालले टोक्दा ज्यान गएको हो । बनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्किएपछि अरिङ्गालले बराललाई टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट बिरामी हुनुभएका बरालको उपचारको क्रममा आइतबार राति ज्यान गएको राप्ती गाउँपालिका ९ का वडाध्यक्ष रिमबहादुर सुनारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया