पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा देशका अधिकांश भूभागको मौसममा आंशिक बदली भएको छ । नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन बाहिरिएर वायुमण्डलमा पश्चिमी वायुको प्रभाव परेपछि जाडोयाम सुरु हुने गरेको छ । पश्चिमी वायुको प्रभाव परेसँगै देशैभर तापक्रम घट्दो क्रममा रहेको छ । मौसमविद् विभूति पोखरेलले भन्नुभयो, ‘पश्चिमी वायुको प्रभाव पश्चिमी भूभागमा देखा परेको छ । यसैको प्रभावले पश्चिमी भूभागको साथै मध्य तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदलीका साथै क्षणिक वर्षाको सम्भावना रहेको छ । ठूलो वर्षाको सम्भावना भने छैन ।’
यस वर्ष मनसुन औसतभन्दा १० दिन ढिलो गरी भित्रिएको थियो भने औसतभन्दा १९ दिन ढिलो गरी बाहिरिएको थियो । सामान्यतया नेपालमा मनसुनी अवधि भनेर जुन १० देखि सेप्टेम्बर २३ सम्म बुझ्ने गरिन्छ । तर पछिल्लो समय केही औसत समयभन्दा केही ढिलो गरी मात्र मनसुन बाहिरिन थालेको छ ।
पश्चिमी वायुको प्रभावका कारण शुक्रबार पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने र केही ठाउँमा सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ । यस्तै, शनिबार पनि पश्चिमी पहाडी भूभागको मौसम सामान्य बदलीकै अवस्थामा रहने महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।