चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
प्रायः सामाजिक सञ्जाल ट्विटरमा ट्वीटका कारण चर्चामा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस पटक एउटा चिठीका कारण चर्चामा आएका छन् । ट्रम्पले लेखेको चिठीको भाषा देखेर टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले त्यसलाई सिधै रद्दीमा फ्याँकिदिए ।
सिरियाबाट अमेरिकी सेना फिर्तापछि राष्ट्रपति ट्रम्पले गएको ९ अक्टोबरमा टर्कीका राष्ट्रपति इर्दाेआनलाई सरकारी चिठी पठाएका थिए, जसमा भनिएको थियो– धेरै कडा नबन्नुस्, बेवकुफी नदेखाउनुस् ।
चिठीमा ट्रम्पले उत्तरी सिरियामा कुर्दाेको अगुवाइमा सेनाको विरुद्ध सैन्य कारबाही नगर्न टर्कीका राष्ट्रपति एर्दाेआनलाई अनुरोध गरेका थिए ।
तर राष्ट्रपति एर्दाेआनले ट्रम्को चिठीलाई रद्दीमा फ्याँकेको र आक्रमणको आदेश दिएको बीबीसीले बताएको छ ।
अमेरिकाले सिरियाबाट आफ्नो सैनिक हटाउने निर्णय गरेको थियो, त्यसपछि ट्रम्पले अब टर्कीले सैन्य कारबाही गर्न सक्छ भनेर टिप्पणी दिएपछि त्यसको कडा आलोचना भएको थियो ।
त्यसपछि अमेरिकी उपराष्ट्रपति माइक पेन्स टर्की पुगेका थिए र टर्की युद्धविरामको लागि तयार भएको थियो । उपराष्ट्रपति पेन्सले आगामी पाँच दिनसम्म युद्ध बन्द रहने र अमेरिकाले कुर्द सैनिकलाई पछि हट्न मद्दत गर्ने बताएका थिए ।
ट्रम्पले के लेखेका थिए ?
डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपतिलाई लेखेको चिठी सबैभन्दा पहिला अमेरिकी च्यानल फक्स न्युजले जारी गरेको थियो ।
चिठीमा लेखिएको थियो, ‘आउनुस् एउटा राम्रो सम्झौताको कोसिस गरौँ । तपाईँ हजारौँ मानिसको ज्यान जाने काममा संलग्न हुन चाहनुहुन्न । या टर्की अर्थव्यवस्थालाई डुबाउन चाहनु नै हुन्छ ? जुन कुरा म गर्छु ।’
‘तपाईँले सबै कुरा सही र मानवीय तरिकाबाट गरेको खण्डमा इतिहासले तपाईँलाई उदारतापूर्वक देख्नेछ । तर यस्तो हुन नसकेमा इतिहासले तपाईँलाई एक दानवका रुपमा देख्नेछ । कडा नबन्नुस्, बेवकुफी नबनाउनुस् ।’
‘म तपाईँलाई पछि फोन गर्नेछु’, ट्रम्पले लेखेको चिठीमा भनिएको छ ।
यो चिठीपछि टर्कीले कस्तो प्रतिक्रिया दिन्छ भनेर बीबीसीले टर्कीको राष्ट्रपति कार्यालयलाई सम्पर्क गर्दा ‘राष्ट्रपति एर्दाेआनले चिठी प्राप्त गरेको र त्यसलाई सिधै रद्दीकाे टोकरीमा फ्याँकेको' बताइयो ।
र त्यही दिन टर्कीले सिरियामा आक्रमण गर्ने बताएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।