चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
शुक्रबार नमाज पढिरहेका बेला अफगानिस्तानको एक मस्जिदमा भएको बम विस्फोटमा परि कम्तीमा ६२ जनाको ज्यान गएको छ ।
अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगहर प्रान्तमा रहेको एउटा मस्जिदमा शुक्रबारको नमाज पढिरहेका बेला बम विस्फोट गराइएको हो । विस्फोटमा परि कैयौँ घाइते भएका छन् । विस्फोटका कारण मस्जिदको छतसमेत खसेको छ ।
यस क्षेत्रमा चरमपन्थी समूह इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय छन् । तर दुवैले अहिलेसम्म विस्फोटको जिम्मेवारी लिएका छैनन् ।
नानगहर प्रान्तका गभर्नर अताउल्लाह खोग्यानीका अनुसार प्रान्तीय राजधानी जलालाबादबाट ५० किलोमिटर पर रहेको हस्का मिना जिल्लाको एउटा मस्जिदमा विस्फोट भएको हो ।
यो विस्फोट संयुक्त राष्ट्र संघले यस वर्षको गर्मीमा अफगानी आम नागरिकको बढी ज्यान गएको बयान जारी गर्नेबित्तिकै भएको हो ।
संयुक्त राष्ट्र संघका अनुसार गएको जुलाईदेखि सेप्टेम्बरसम्म कम्तीमा ११७४ नागरिक मारिएका छन् । यसमा २०१९ को जुलाई महिना यो दशककै सबैभन्दा रक्तपातपूर्ण महिना सावित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।