सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – उपत्यकाका सडक निर्माण अलपत्र पार्ने १६ ठेकेदार कम्पनीलाई सरकारले समयमै काम सक्न चेतावनी दिएको छ । सडक तथा पुल निर्माणको ठेक्का पाएका कम्पनीले शर्त अनुसारको काम नगरेको र ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन काठमाण्डौले कालोसूचीमा राख्न सिफारिस गर्नेसम्मको चेतावनी दिएको हो ।
१६ वटा ठेकेदार कम्पनीलाई काम बेलैमा सक्न र गुणस्तरीय काम गर्न पटक–पटक निर्देशन दिँदा पनि काम सम्पन्न नभएको भन्दै विभागले ७ दिने स्पष्टिकरण सोधेको छ । काम सक्ने स्पष्ट आधारसहितको चित्त बुझ्दो स्पष्टिकरण नदिए उनिहरुलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालाई सिफारिस गर्ने सडक विभागले जनाएको छ ।
यस्तै, ठेक्का वापत राखिएका सम्पुर्ण कागजात जफत गर्ने, ठेक्का सम्झौताको बाँकी रहेको काम पूरा गर्न आवश्यक पर्ने रकम ठेकेदारबाटै असुल्ने, निर्माणस्थलको सुरक्षा गर्न लाग्ने खर्च असुल गर्ने र सार्वजनिक निकायले बेहोर्ने थप खर्च सरकारी बाँकी सरह असुल गरिने पनि विभागले चेतावनी दिएको छ ।
सडक डिभिजन कार्यालयले निम्न ठेकेदारलाई ७ दिने स्पष्टिकरण सोधेको छ ।
आकाशेधारा – राममन्दिर – कृष्णमन्दिर सडकमा ढिलाइ गरेको शैलुङ कन्स्ट्रक्सन
साततले भण्डारी गार्मेन्ट – आकाशेधारा – बालुवाखानी सडकमा ढिलाइ गरेको दिवारशैलुङ जेभी
विष्णु बुढानिलकण्ठ – उत्तर शिवपुरी निकुञ्ज सडक ढिलाइ गर्ने स्वच्छन्द–पञ्चकन्या जेभी
कपनमार्ग – बुढानिलकण्ठको सडकमा ढिलाइ गरिरहेको बिटिरअजम्बरी जेभी
बुढानिलकण्ठ – निलोपुल – शिवपुरी निकुञ्ज सडक अलपत्र पार्ने विरुवा कन्स्ट्रक्सन प्रालि
महांकाल–भृकुटीचोक–तेञ्जिङचोक–चपली–बुढानिलकण्ठ सडक निर्माण ढिलाइ गर्ने तुँदीरप्रेरा जेभी
सुन्दरबस्ती आदर्शनगर–चुनिखेल–टुसाल–जगडोल–राष्ट्रिय शहीदपार्क सडकमा ढिलाइ गर्ने शैलुङ कन्स्ट्रक्सन
मनोहरा करिडोर सडकमा ढिलाइ गरिरहेको एसएमएनएस र जयबाबा एलसिएसपिएस जेभी
टोखा–त्रियोग स्कुल–धापासी–चक्रपथ सडक ढिलाई गर्ने भण्डारी विल्डर्स, कामख्या/धिताल जेभी
गोंगबु र रमणबस्ती जोड्ने विष्णुमती पुल अलपत्र पार्ने सिरुवा कन्स्ट्रक्सन
चक्रपथ–सामाखुसी–टोखा गुर्जेभञ्ज्याङ सडक निर्माणमा ढिलाइ गर्ने सुनौला खिम्ती/रफिना जेभी
खहरे–मूलपानी–गान्धीमार्ग विस्तारमा ढिलाइ गरेको मोतिदानरदी कञ्चनजंगा जेभी
पेप्सीकोला–ब्रह्मखेल सडक निर्माणमा प्रगति हासिल नगरेको महालक्ष्मी÷वल्र्डवाइड/भण्डार थोडुङ जेभी
पञ्चकन्या मार्ग–देउवा निवास–गिरिजाप्रसाद कोइराला शान्तिपार्क सडकमा ढिलाइ गर्ने गजुरमुखी/मोतीदानर बानियाँ जेभी
साततले–मिलनचोक–अग्निगुम्बा पश्चिम कपन सडक अलपत्र पार्ने मृतसंजिवनी/वाइवा एण्ड लामा जेभी
सिसडोल–बञ्चरेडाँडा सडक निर्माणमा ढिलाइ गरिरहेको कान्छाराम–सुनकोसी जेभी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।