खोटाङमा सामी परियोजना सञ्चालनका लागि सम्झौता

 कात्तिक ३, २०७६ आइतबार १७:२४:१०

खोटाङ – खोटाङमा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र बाल सेवा समाज नेपाल नेर्पा खोटाङबीच सम्झौता भएको छ ।

स्वीस सरकार र नेपाल सरकारबीचको द्विपक्षीय सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परियोजना कार्यान्वयनका लागि पालिकाले सेवा प्रदायक संस्था छनौट गरेसँगै आइतबार सम्झौता भएको हो ।

परियोजनाले निःशुल्क सूचना तथा परामर्श सेवा, निःशुल्क सीप तालिम, रेमिट्यान्सको उत्पानदमुलक क्षेत्रमा लगानीको लागि सहजिकरण गर्ने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम र मनोसामाजिक परामर्श सेवा, निःशुल्क कानुनी सेवा लगायत गतिविधि सञ्चालन गर्ने बाल सेवा समाज नेपालका अध्यक्ष चन्द्रकला भुजेलले जानकारी दिनुभयो।

सामी परियोजना देशभरका ३९ जिल्लाका १५६ पालिकामार्फत सञ्चालन भइरहेको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया