महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश

 कात्तिक ३, २०७६ आइतबार १८:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । 

आइतबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी पाँच दिन थप थुनामा राख्ने आदेश दिएको हो ।

संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिनुभएका महरामाथि अनुसन्धान भैरहेको छ । 

यसअघि अनुसन्धान गर्न दिइएको १३ दिनको म्याद सकिएपछि अदालतले फेरि अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद थप गरिदिएको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया