थाइल्याण्डका राजाले खोसे श्रीमतीको शाही उपाधि

 कात्तिक ५, २०७६ मंगलबार ८:२५:३० | एजेन्सी
unn.prixa.net

थाइल्याण्डका राजा महा वजिरालंगकर्णले आफ्नी एक श्रीमतीको शाही उपाधि खोसेका छन् ।

महा वजिरालंगकर्णले आफू राजा बन्नुभन्दा पहिला सिनीनात वङ्वाचिराफाकसँग विवाह गरेका थिए । उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएको जानकारी दिइएको छ । मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षकसमेत हुन् ।

राजा माहा वाजिरालङकोर्नले गएको वैशाखमा आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिडासँग विवाह गरेका थिए । राजाको चौथो श्रीमती बनेकी सुथिडालाई राजाले रानीको उपाधि दिएका थिए ।

राजाले चौथो पत्नीको रूपमा रानी सुथिडासँग बिहे गरेको २ महिनापछि सिनानीतले ‘चाओ खुन फ्रा सिनीनात बिलासकलयानी’को उपाधि पाएकी थिइन् ।

सोमबार राजाले जारी गरेको औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ । यही कारण राजाले उनको शाही उपाधि खोसेका हुन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया