तस्बिरमा हेर्नुहाेस् जापानी सम्राट नारुहिताेकाे गद्दी आराेहण

 कात्तिक ५, २०७६ मंगलबार १५:७:२४ | एजेन्सी
unn.prixa.net

जापानका सम्राट नारुहितोले भव्य समारोहका बीच राजगद्दी आरोहण गर्नु भएकाे छ। बुवा अकिहितोले उमेरका कारण राजगद्दी परित्याग गरेपछि नारुहितो गएको मे महिनामा जापानको सम्राट बन्नु भएकाे थियाे ।

टोक्योमा रहेको इम्पेरियल प्यालेसमा झण्डै १८० देशका २ हजार विशिष्ट पाहुनाका अगाडि विभिन्न परम्परा र संस्कृतिअनुसार ५९ वर्षीय सम्राट नारुहितोले मंगलबार दिउँसो राजगद्दी आरोहण गर्नु भएको हो ।

विशेष अवसरमा सम्राटहरूले लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे ६ मिटर अग्लो ‘ताकामिकुरा’ राजगद्दीमा बस्नु भएको थियो । उहाँले त्यहाँबाटै एउटा लिखित मन्तव्य वाचन पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्र र नागरिकको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने सपथ लिन्छु ।’ 

सम्राट नारुहितोको गद्दी आरोहणमा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक हुनु भएको थियो ।

त्यस्तै बेलायतका राजकुमार चार्ल्स, भारतीय राष्ट्रिय रामनाथ कोविन्दलगायतका विशिष्ट अतिथिहरुको सहभागिता रहेको थियो ।

विदेशबाट आएका विशिष्ट पाहुनाहरुका लागि जापानी सम्राटले चियापान तथा प्रधानमन्त्री शिन्जो आबेले सबै अतिथिहरुका लागि रात्रिभोजको आयोजना गर्नु हुने भएको छ ।

जापानमा संवैधानिक राजतन्त्र रहेको र सम्राटको भूमिका आलंकारिक भएको हुँदा आम नागरिकले राजसंस्थालाई सम्मानपूर्वक लिने गर्दछन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया