नेपाली पत्रकारिता ‘हेडलाइनकारिता’तर्फ उन्मुख भयाे: मन्त्री बाँस्कोटा

 कात्तिक ५, २०७६ मंगलबार १८:५९:२९ | उषा तामाङ
unn.prixa.net

दाेलखा - राजनीतिमा अपराधीकरणलाई स्थान नभएको नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताउनुभएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण पश्चात सदरमुकाम चरिकोट आइपुग्नुभएका मन्त्री बाँस्कोटाले राजनीतिमा अपराधीकरणलाई कुनै स्थान नभएको पुष्टि वली सरकारले गरेको बताउनुभयो । 

वर्तमान सरकारले सुन तस्कर, अपराधीदेखी विभिन्न अभियोग लागेका सांसद समेतलाई पक्राउ गर्न सफल भएको भन्दै उहाँले नेकपा सरकारले सामाजिक न्याय स्थापना गरेर छाड्ने बताउनुभयो । राजनीतिको आडमा अपराध गर्ने जोकोहीलाई सरकारले नछोड्ने उहाँको भनाइ थियो । 

अर्को प्रसंगमा मन्त्री बाँस्कोटाले नेपाली पत्रकारिता हेडलाइनकारितातर्फ उन्मुख भएको बताउनुभयो । पूजाकारिता, मिसनकारिता, पार्टीकारिता छाेडेर व्यवसायिकतातर्फ केन्द्रित हुनुपर्नेमा हेडलाइनकारिता तर्फ अघि बढेको उहाँको आरोप थियो ।

उहाँले नेपाली पत्रकारिता जगत हेडलाइनकारिता तर्फ अघि बढ्दा सत्य तथ्यमा ध्यान नदिइ भ्रमको खेती भइरहेको भन्दै मन्त्री बाँस्कोटाले नेपाली मिडियालाई भ्रमको खेती नगर्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया