भत्काउँदै गरेकाे पुरानाे घरले थिचेर चावहिलमा दुई जना घाइते

 कात्तिक ६, २०७६ बुधबार १५:१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चावहिल चुच्चेपाटीमा पुरानो घर भत्काउने क्रममा दुई जना घाइते भएका छन् । 

भत्काउँदै गरेकाे पुरानो घरले थिच्दा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा एक जना मजदुर र एक जना बालक रहेको महानगरीय प्रहरी प्रभाग गौशालाका प्रहरी नायब निरीक्षक (सई) पूर्ण कार्कीले जानकारी दिनुभयो । 

घाइते हुनेहरुको नाम नखुलेको उहाँले बताउनुभयो । घाइतेहरुको दीर्घायु अस्पतालमा उपचार भैरहेको छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया