सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – तारकेश्वर नगरपालिका ३ धर्मस्थलीमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका छन् ।
विद्यालयको चौरमा भैरहेको खेलकुद गतिविधि हेर्ने क्रममा बार्दली भाँचिएर ४२ जना विद्यार्थी घाइते भएको महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
घाइते विद्यार्थीहरुलाई उपचारका लागि ग्रीनसिटी अस्पताल पठाइएको एसएसपी सुवेदीले बताउनुभयो । केही विद्यार्थीहरुको हात भाँचिएको र केही विद्यार्थीलाई चोटपटक लागेको प्रहरीले जनाएको छ । विद्यार्थीकाे अवस्था सामान्य रहेकाे बताइएकाे छ ।
बार्दलीकाे संरचना कमजोर भएर वा विद्यार्थीको संख्या बढी भएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।