मोरङको रंगेलीमा एउटा मात्र थुन भएको गाईले बाछो जन्मायाे: हुर्काउन समस्या

 कात्तिक ७, २०७६ बिहिबार १४:६:५२ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - मोरङको रंगेली नगरपालिका-८, चाइना गेटमा एउटा मात्र थुन भएकाे ‍गाई ब्याएपछि बाछाे हुर्काउन  फेला परेको छ ।

मन्जौ मण्डलको घरमा दुई वर्ष अगाडि दाइजोको रुपमा बाछी ल्याए । बाछी ल्याएपछि परिवारमा खुशी छायो । सानैदेखि बाछीको स्याहारसुसार गरेर ठूलो पारे बाछी ब्याउने भयो । कात्तिक ५ गते गाईले बाछो  जन्मायाे तर बाछोलाई दुध खुवाउन खोज्दा गाईको त थुन नै भेटिएन ।

गाईको थुन नभएको बारेमा गाउँभरि हल्ला चल्यो । गाउँभरका मान्छेहरु हेर्न आउन थाले । गाईको थुन नभएपछि मण्डलले रंगेलीमा रहेको पशुपंक्षी सेवा कार्यालय रंगेलीमा बुधबार गाई र बाछो दुवै ल्याए ।

गाईको चारवटा थुन हुनुपर्नेमा एउटा सानो थुन मात्र भएको पशु प्राविधिकले पत्ता लगाए । नायब पशु स्वास्थ्य प्राविधिक ज्योति बाँस्कोटाले गाईको चार वटा थुन हुनुपर्नेमा तीन वटा थुन नै नभएको र एउटा थुन भ एपनि  त्यसमा दूध  आउने नशा नभएको हुनाले दूध नआउने जानकारी दिनुभयाे ।  

बाँस्कोटाले बाछो राम्रो भएको हुनाले बाछोलाई हुर्काउन ५ महिनासम्म निप्पल को सहारामा दूध खुवाउन सुझाव समेत दिनुभयाे ।

थुन नहुनुको कारणका बारेमा पशु प्राविधिक बाँस्कोटाले कुनै पनि पशुहरुको आफ्नै वंशजबाट गर्भ रहेर जन्मेका पशुहरुमा यस्तो प्रकारको समस्या हुने गरेको र आफ्नो कामको सिलसिलामा अहिलेसम्म यस्तो अनौठो गाई समेत नदेखेको अनुभव सुनाउनुुभयाे ।

पशुसेवा कार्यालयमा आएका रंगेली-८ का धनेन्द्र बराल र पूर्णबहादुर खड्काले आफूले १५ वर्षदेखि पशुपालन गरे पनि यस्तो किसिमको गाई अहिलेसम्म नदेखेको अनुभव सुनाउनुभयाे ।

रंगेली गौशलामा विगत १० वर्षदेखि गाईको दूध दुहुने र व्यवस्थापनको काम गर्दै आएका उमेश दाहालले आफूले अहिलेसम्म यस्तो किसिमको गाई नदेखेको बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया