मेक्सिकोमा विमान दुर्घटना, पाँच जनाको मृत्यु

 कात्तिक ८, २०७६ शुक्रबार ७:२५:४५ | एजेन्सी
unn.prixa.net

मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । विमान दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । 

म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनामा पाँच जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको तर यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले जानकारी दिएका छन् ।  

विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ । 

विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको पनि पत्रिकाले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया