राजीनामाबारे प्रस्ट पार्न पारस खड्कालाई क्यानकाे आग्रह

 कात्तिक ८, २०७६ शुक्रबार १३:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमका निर्वतमान कप्तान पारस खड्कालाई नेपाल क्रिकेट संघ क्यानले राजीनामाबारे प्रस्ट पार्न आग्रह गरेको छ ।

क्यानको पहिलो बैठकमै कप्तान पदबाट पारसले राजीनामा दिएको खबर मिडिया र सामाजिक सञ्जालबाट थाहा भएको भन्दै यसबारे लिखित रुपमा जानकारी गराउन आग्रह गरेको हो ।

पारसलाई क्यानले औपचारिक रुपमा बिहीबार पत्र पठाएको स्रोतले जनाएको छ । पारसले नयाँ कार्यसमिति आएपछि काम गर्न सजिलो वातावरण बनाउने भन्दै सामाजिक सञ्जालमार्फत कप्तान पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

क्यानमा भर्खरै नयाँ नेतृत्व आएकाले यस विषयमा क्यानले पारसले औपचारिक निर्णय नगराएकाले राजीनामा स्वीकृत गर्ने कुरै नआउने पनि स्रोतले जनाएको छ ।

पारसलाई पठाएको पत्रमा भनिएको छ, ‘तपाईँले कप्तान पदबाट राजीनामा दिएको कुरा हामीले सामाजिक सञ्जाल र मिडियाबाट थाहा पायौं, यसमा क्यानको गम्भीर ध्यानाकर्षण भएको छ, त्यसैले जतिसक्दो चाँडो यस विषयमा आफ्नो लिखित जवाफ दिनुहोला ।’ अहिले तिहार पर्व पनि सुरु भइसकेकाले तिहार पछि पारसले जवाफ पठाउने क्यानले अपेक्षा गरेको छ ।

अब क्यानको अर्को बैठक भने नोभेम्बर २० तारिख पछि मात्रै बस्ने पनि जनाइएको छ । आईसीसीका प्रतिनिधिहरु आएपछि उनीहरुसँग संयुक्त बैठक बस्ने क्यानले जनाएको छ ।

नोभेम्बर पहिलो साता आईसीसीका प्रतिनिधिहरु आउने भनिएकोमा नेपाल हेर्ने प्रतिनिधि चीन भ्रमणमा जानु पर्ने भएकाले बैठक नोभेम्बर २० पछि मात्रै हुने सम्भावना रहेको पनि जनाइएको छ ।

क्यानलाई हालै मात्र आईसीसीले सशर्त निलम्बन फुकुवा गरेको हो । त्यसैले क्यान अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिएकाले आर्थिकलगायतका कार्ययोजना बनाउन आईसीसीका प्रतिनिधि आउन लागेका हुन् ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया