चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर थप खस्केको पाइएको छ ।
दीपावलीको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको तथ्याङ्कमा वायुको गुणस्तरको अवस्था खराब देखिएको हो । पञ्जाब र हरियाणालगायतका छिमेकी राज्यमा नियमित रूपमा बाल्ने गरिएको घाँस–पराल कारण नयाँ दिल्लीमा वायुको गुणस्तर खस्किएको विज्ञले बताएका छन् ।
वायु प्रदूषण गराउने बस्तु बाल्न निषेध गरिए पनि त्यो कार्यान्वयन नहुँदा समस्या भएको हो । हरियाणा र पञ्जाबका किसानले मकै, गहुँ र धान जस्ता अन्नबाली भित्र्याएपछि त्यसको डाँठ, नल र पराल खेतमै बाल्ने गरेका छन् ।
खस्किएको वायुको गुणस्तर र तापक्रम वृद्धिको बढी असर बालबालिका र बुढाबुढीमा पर्ने गरेको भन्दै वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन् । स्थानीय समयअनुसार बिहान साढे ८ बजे नयाँ दिल्लीको वायुको गुणस्तरको सूचक एअर क्वालिटी इन्डेक्स(एक्यूआई) ३ सय २६ देखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
विज्ञका अनुसार वायुमा एक्यूआई शून्यदेखि ५० सम्म देखिँदा वायुको अवस्था राम्रो मान्न सकिन्छ भने ५१ देखि १०० सम्म एक्यूआई देखिँदा सन्तोषजनक मानिन्छ । यस्तै एक्यूआईको मात्रा १०१ देखि २०० सम्म देखियो भने सतर्क हुनुपर्ने, २०१ देखि ३०० सम्म देखियो भने कमजोर अवस्था मानिने, ३०१ देखि ४०० सम्म देखियो भने अति खराब र ४०१ देखि ५०० सम्म देखियो भने संकटपूर्ण अवस्था मानिने विज्ञको भनाइ छ ।
दिल्लीमा बढ्दो वायु प्रदूषणलाई मध्यनजर गर्दै यस पटक दीपावलीका अवसरमा पटाका पड्काउन निषेध गरिएको छ । दिल्ली सरकारले यस पटक नयाँ दिल्लीको केन्द्रमा रहेको कन्नट भव्य लेजर लाइट राख्ने भएको छ । त्यस्तै दिल्ली सरकारले प्रदूषण कम गर्न आउँदो नोभेम्बर ४ तारिखदेखि दिल्लीमा जोर बिजोर प्रणालीमा सवारी साधन चलाउने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।