अछाममा अरिंगालले टाेकेर वृद्धकाे ज्यान गयाे

 कात्तिक १०, २०७६ आइतबार १०:२४:५३ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाममा अरिंगालको टोकाइबाट शनिबार एक जनाको ज्यान गएको छ ।

अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर-८, घोडासैनका ८४ वर्षीय धर्मे जैसीको अरिंगालको टोकाइबाट ज्यान गएको हो । घर नजिकैको घारीमा रहेको अरिंगालको समूह आएर टोकेपछि जैसीको ज्यान गएको बताइएकाे छ ।

शनिबार बिहान ९ बजे जैसीलाई अरिंगालले टोकेको र उपचारका गर्न लैजाँदै गर्दा मृत्यु भएको उहाँका आफन्त कृष्ण जैसीले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत २६, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया