दियोबाट सल्किएको आगोले सोलुखुम्बुमा ६ लाख रुपैयाँ बराबरको क्षति

 कात्तिक ११, २०७६ सोमबार १०:५९:४५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - लक्ष्मीपूजाको लागि बालिएको दियोबाट सल्किएको आगोका कारण सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२, सल्यानमा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आइतबार साँझ लक्ष्मीपूजा गर्दा बालिएको दियोबाट नेचासल्यान गाउँपालिका-२ का वडा सदस्य रुपा नेवारकाे घरमा आगालागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक डीएसपी नारायण प्रसाद चिमरीयाले जानकारी दिनभयो । 

आगलागीबाट लक्ष्मीपूजाका क्रममा राखिएको नगद एक लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदी, ५ माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आगाेले नेवारको ढुँगा माटोले बनेको ३ तले घरको पूजाकाेठा जलेर नष्ट भएको छ । साझँ पौने आठ बजे सुरु भएको आगलागी राति साढे ९ बजे स्थानीय र प्रहरीको सकृयतामा लियन्त्रणमा आएको थियो । तत्काल थाहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया