पाकिस्तान : एउटा रेलमा आगलागी हुँदा कम्तीमा ६५ जनाको ज्यान गयो

 कात्तिक १४, २०७६ बिहिबार १३:१:२२ | एजेन्सी
unn.prixa.net

पाकिस्तान रेलवेको तेज गाम एक्सप्रेसमा आगलागी हुँदा कम्तीमा ६५ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तेज गाम एक्सप्रेस कराचीबाट रावलपिण्डीकाे बीचमा चल्छ । रावलपिण्डी जाँदै गर्दा लियाकत पुरमा रेलकाे तीन ओटा डिब्बामा आगो लागेको हो । 

रहीम यार आनका उपकमिश्नर जमील अमहमदले घटनामा ६५ जनाको ज्यान गएको ३९ जना घाइतेमध्ये ६ जनाको अवस्था नाजुक रहेको बीबीसीलाई जनाएका छन् । घाइतेहरुको शेख जाएद अस्पतालको बर्न सेन्टरमा उपचार भैरहेको छ । 

रेल मन्त्रीका अनुसार लाहोरको इज्तिमा गैरहेको एक समूहसँग खाजाको सामान, ग्यास सिलिण्डर र चुल्हो थियो, जुन विस्फोटपछि रेलमा आगो लागेको हो । उनका अनुसार आगलागी नियन्त्रणमा लिइसकिएको छ र रेलको तीन ओटा डब्बा जलेका छन् । 

यो घटनालाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गरेको रेडियो पाकिस्तानले जनाएको छ । 

ज्यान गुमाउनेमध्ये धेरैको पहिचान हुन सकेको छैन । अधिकारीहरु मृतकको सनाखत गर्ने कोसिसमा जुटेका छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया