सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - माथिल्लो त्रिशूली-१, जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ ।
कोरियन कम्पनीले निर्माणको जिम्मेवारी लिएको त्यस जलविद्युत आयोजनाका लागि आवश्यक लगानीसम्बन्धी सम्झौतामा शुक्रबार काठमाण्डौमा गरिएको हो । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा काठमाण्डाैमा कम्पनी र लगानीकर्ता अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरुबीच त्यस जलविद्युत आयोजनाका लागि ४५ करोड ३२ लाख अमेरिकी डलर (झण्डै ५१ अर्ब ३१ करोड नेपाली रुपैयाँ) लगानी गर्ने सम्झौता गरिएको छ ।
बाँकी ३० प्रतिशत रकम भने इक्विटीबाट जुटाइएको छ । जसअनुसार विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगमले १६ करोड १३ लाख अमेरिकी डलर, एसियाली विकास बैंकले ६ करोड डलर, एसियाली पूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख अमेरिकी डलर, कोरियन आयात बैंकले १० करोड अमेरिकी डलर, कोरिया डेभलप्मेन्ट बैंकले ३ करोड अमेरिकी डलर त्यस आयोजनामा ऋण लगानी गर्नेछन् ।
कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले त्यस जलविद्युत आयोजनामा लगानी गर्ने सबै अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरुप्रति आभार व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले सरकारले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न अनुकूल वातावरण बनाएको पनि स्मरण गराउनुभयो ।
मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकासका लागि बाह्य लगानी अनुकूलको नीतिगत, संरचनागत आधार पनि तय गर्दै गएको पनि बताउनुभयो । निर्माण सुरु गरिएको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको त्यस जलविद्युत आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट उर्जा उत्पादन हुने पनि सम्झौतामा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।