बम विस्फाेटका घाइतेलाई आलमले इँटाभट्टामा हालेकाे दाबीसहितकाे प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा

 कात्तिक १५, २०७६ शुक्रबार १९:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निलम्बित सांसद मोहम्मद अफ्ताब आलमलाई प्रहरीले तीन वटा अभियोगसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

आलमलाई २० दिन हिरासतमा राखी अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले उज्यालोलाई बताउनुभयो । उहाँका अनुसार आलमविरुद्ध  बम विस्फोट, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दाको अभियोग लगाइएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा आलमले आफ्ना भाइसहित मिलेर बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा हालेर हत्या गरेको दाबी गरिएको छ । प्रहरीले तत्कालीन समयमा निर्माण भएको मुचुल्का र घटनास्थलबाट बरामद भएको स्वीटरलगायतका वस्तु तथा बयान दिने पीडित र उनीहरूका परिवारको भनाइसमेत अनुसन्धान प्रतिवेदनमा  समेटेको छ ।

२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मुख्य योजनाकार रहेको आरोप आलममाथि लागेको छ ।

प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले त्यसमा आइतबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गर्नेछ । यस्तै प्रहरीले घटनामा संलग्न १० जनालाई जन्मकैद र एक जनालाई  मतियारको अभियोगमा कारबाहीको माग गरेको छ ।  

सम्बन्धित समाचार

 

 


अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया