बसले मोटरसाइकललाई ठक्कर दिँदा डाक्टर बावु र नर्स छाेरीको ज्यान गयो

 कात्तिक १८, २०७६ सोमबार ११:४३:३८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – बुढीगंगा गाउँपालिका १ को सेन्चुरी मसला उद्योग नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । 

विराटनगरबाट दुहवीतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको यात्रुवाहक बसले दुहवीबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बावु र छोरीको ज्यान गएको हो । 

बसको ठक्करबाट बुढीगंगा गाउँपालिका ५ का ५२ वर्षीय आँखा विशेषज्ञ डा. शुभलाल माझी र न्यूरो अस्पताल विराटनगरमा कार्यरत २६ वर्षीय उहाँकी छोरी अञ्जलीकुमारी माझीको ज्यान गएको नेमुवा ट्राफिक प्रहरी इञ्चार्ज तुलामणि आचार्यले जानकारी दिनुभयो । 

बावु छाेरीकाे विराट मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । बसका चालक धनगढी निवासी ३४ वर्षीय सन्दीप खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया