चीनमा १८ वर्षभन्दा कम उमेर समूहका व्यक्तिले निश्चित समयमा मात्र अनलाइन गेम खेल्न पाउने

 कात्तिक २१, २०७६ बिहिबार ७:२७:१ | एजेन्सी
unn.prixa.net

चीनमा १८ वर्षभन्दा कम उमेर समूहका व्यक्तिले निश्चित समयमा मात्र अनलाइन गेम खेल्न पाउने भएका छन् । 

चीन सरकारले भिडियो गेमको लत नियन्त्रण गर्नका लागि १८ वर्षभन्दा कम उमेरका समूहलाई राति १० बजेदेखि बिहान ८ बजेको बीचमा अनलाइन गेम खेल्न प्रतिबन्ध लगाएको हो । उनीहरुलाई हप्तामा ९० मिनेट र बिदाको दिन तीन घण्टासम्म अनलाइन गेम खेल्न अनुमति दिइएको बीबीसीले जनाएको छ ।

बालबालिकाको स्वास्थ्यको लागि हानिकारक भएकाले भिडियो गेमको लत रोक्नुपर्ने चिनियाँ सरकारको निष्कर्ष छ । अनलाइन गेमका लागि उनीहरुले कति खर्च गर्न पाउने भन्ने पनि सीमा तोकिएको छ । अब ८ देखि १६ वर्ष उमेरका बच्चाले प्रति महिना २ सय युआन र १६ देखि १८ वर्ष सम्मकाले आफ्नो गेमिङ खातामा ४ सय युआनसम्म खर्च गर्न पाउनेछन् ।

चीन सरकारले गएको वर्ष नै भिडियो गेमको अनुमतिमा रोक लगाएको थियो । केही ठूला कम्पनीले सरकारको प्रतिबन्ध वा नियम माने पनि प्रतिबन्ध लागू गर्न र उमेरको जाँच गर्न भने चुनौती देखिएको छ ।

भिडियो गेमले युवामा नकारात्मक असर परेपछि चीनको लगातार आलोचना हुँदै आएको छ । अनलाइन गेमको बजारमा चीन विश्वको दोस्रो ठूलो बजार हो । यो वर्ष गेमको बजारमा अमेरिकाको कमाइले चीनको कमाइ पछि पारेको रिसर्च फर्म न्यूजले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया