नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
बिहारको सीतामढी जिल्लाको सुरसन्ड ग्रामीण इलाकाकाे सडकमा छरपस्ट चाँदीका टुक्रा भेटिएपछि मानिसहरु चकित परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बुधबार बिहान मानिसहरुले सुरसन्डको टावर चोकबाट बाराही गाउँसम्म जाने सडकमा चाँदी छरिएको पाएका थिए । बिहान बिहान सडकमा चाँदीका टुक्रा भेटिएपछि त्यहाँका स्थानीयहरु अचम्मित भएका थिए ।
मानिसहरुले सडकमा छरिएको साना साना चाँदीका टुक्रा टिपेर घर लगेकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालको सीमानजिक चाँदी छरिएको पाइएपछि कुनै तस्करले बोरामा चाँदी लिएर जाँदै गर्दा च्यातिएर चाँदी बाटोमा पोखिएको हुनसक्ने आशंका गरिएको छ ।
परिहार-सुरसन्ड स्टेट हाइवे-८७ मा तीन किलोमिटर सडकमा चाँदी छरिएको पाइएको हो । छरिएका चाँदी टिप्न मानिसहरुको निकै भिड लागेको थियो । सुरसन्ड नगर पञ्चायतको अम्बेडकर चोकबाट जवाहरलाल नेहरु मेमोरियल कलेज बाराही सहसराम सडक ललिया चोकसम्म चाँदी पाइएको बताइएको छ ।
मंगलबार रातिदेखि नै मानिसहरुले छरिएका चाँदीका टुक्रा टिप्न थालेका थिए । उनीहरुले १०० देखि २०० ग्रामसम्म चाँदी टिप्न भ्याएकाे बताइएकाे छ । पुरै चाँदी टिपिसक्दा ५० किलोसम्म हुनसक्ने बताइएको छ ।
सितामढी प्रहरी चौकीका अध्यक्ष भोला कुमारले यस विषयमा अनुसन्धान भैरहेको बताएका छन् । स्थानीयहरुले भने रातकाे समयमा चाँदीको तस्करी हुने गरेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।