हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै बीजेपी कार्यकर्ताले स्वामी अग्निवेशको यो हाल बनाए

 साउन १, २०७५ मंगलबार २०:२४:१८ | एजेन्सी
unn.prixa.net

सामाजिक कार्यकर्ता स्वामी अग्निेवेशलाई भारतीय जनता पार्टी (बीजेपी) को भातृ संगठन भारतीय जनता युवा मोर्चा (भाजयुमो) तथा अखिल भारतीय विद्यार्थी परिषद(एबीभीपी) का कार्यकताले कुटपिट गरेका छन् । 

उनीहरुले अग्निवेशको कपडा पनि च्यातिदिएका छन् । स्वामी अग्निवेश मंगलबार लिट्टीपारमा आयोजित एक कार्यक्रममा सहभागी हुन झारखण्डको पाकुड पुगेका थिए । 

अग्निेवेशका अनुसार कार्यक्रमस्थलबाट बाहिर आउनेबित्तिकै उनीमाथि भाजयुमो र एबीभीपीका कार्यकर्ताले आक्रमण गरेका थिए । उनीमाथि हिन्दूविरोधी अभिव्यक्ति दिएको भन्दै आक्रमण भएको थियो । ‘मलाई लाग्थ्यो झारखण्डत शान्तिपूर्ण राज्य होला, तर यो घटनापछि मेरो विचार परिवर्तन भएको छ ।’

केही समय पहिले अग्निवेशले सनातन धर्मबारे दिएको अभिव्यक्तिलाई लिएर केही संगठन आक्रोशित थिए । भारतीय सर्वोच्च अदालतले भारतीय लोकतन्त्रमा भीडतन्त्रको कुनै स्थान छैन भन्दै हिंसाको निन्दा गरेको केही समयपछि मात्रै यो घटना घटेको थियो । 

झारखण्डका मुख्यमन्त्री रघुबर दासले घटनाको छानबिन गर्न आदेश दिएका छन् । 

बँधुवा मजदुरको मुक्तिका लागि आवाज उठाउँदै आएका स्वामी अग्निेवेश समाज सुधारका कार्यहरुमा लाग्दै आएका छन् । सन् १९७० को दशकमा उनी हरियाणा राज्यको मन्त्री बनेका थिए । त्यसपछि भने उनी राजनीति छाडेर समाजसेवामा लागेका थिए । 

अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनमा पनि अग्निवेशले सक्रिय भूमिका खेलेका थिए । केही समय यता भारतमा धार्मिक अहिष्णुता बढ्दै गएको देखिन्छ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया